काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (शुक्रबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।


