काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूमाथि संसदीय छानबिन गर्न माग गरेका छन् । उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा यस्तो माग गरेका हुन् । उनलाई ललितपुरको मितेरी सहकारीका बचतकर्ताको रकम गुरुङकी श्रीमतीले ठगेको आरोपपछि उनले त्यसबारे बोलेका हुन् ।
“सम्बन्धविच्छेद भएकी श्रीमतीबारे थाहा हुने कुरा भएन । सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी त लिनै पर्दैन,” गुरुङले भने, “म प्रमाण लुकाउनका लागि गृह मन्त्रालयको जिम्मेवारीमा पनि छैन । म खुला किताब हुँ ।”


