काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का समर्थक र सूर्यदर्शन सहकारीका पीडितहरूले प्रदर्शन गरेका छन्। पूर्वडीआईजी समेत रहेका रास्वपा सभापति रवि लामिछानेको साझेदार छविलाल जोशी बन्जाडेलाई पक्राउ गरेर पोखरा लगिएको छ।
आइतबार साँझ जोशीलाई पोखरा लगिएपछि सभापति लामिछानेलाई पनि पक्राउ गर्ने तयारी भएको हल्ला चलेको थियो। रास्वपा कार्यालयमा प्रहरी तैनाथ भएपछि आइतबार राति अबेरसम्म समर्थकहरूले समर्थनमा नाराबाजी गरेका थिए।
सोमबार बिहानैबाट उनीहरू रवि र रास्वपाको समर्थनमा पोखराको सडकमा प्रदर्शन गर्न उत्रिएका हुन्।


