काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले सबैलाई समान ब्यबहार गर्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले उनले सरकार कसैप्रति पूर्वाग्रही नभएको प्रष्ट पारे ।
उनले भने, ‘कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन । सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’


