काठमाडौं । । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।
उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
डेंगु संक्रमित भएकी उनको हृदयघातका कारण निधन भएको अनुमान छ । उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद थिइन् ।


