काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं नेता डा। शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानुन बनाउनुपर्ने बताएका छन्।
बिहीवार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक(२०८० बारे बोल्दै उनले यस्तो बताएका हुन्
मीडिया लयर्स एसोसिएसनको आयोजनामा आज काठमाडौँमा भएको सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल ९प्रयोग तथा नियमन०सम्बन्धी विधेयकका सम्बन्धमा आयोजित संवादमा कोइरालाले भने‚ ‘यो विधेयक त पुनर्लेखन नै गर्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने सरोकारवालासँग सरसल्लाह नगरी अघि बढाइएको छ।’


