काठमाडौं । मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। यसपछि अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाले उम्मेदवारी दिएका छन्।


