काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला एकसय रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुन प्रतितोला एक लाख ५५ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। हिजो प्रतितोला १५ रुपैयाँ बढेर एक हजार आठसय ६० रुपैयाँ पुगेको चाँदीको मूल्य आज पनि सोही मूल्यमा स्थिर छ।


