काठमाडौं । सोमबार पनि सेयर बजार बटेको छ । आज सेयर बजार परिसूचक (नेप्से) १०.९८ अंकले ओरालो लागेको हो।
आज १ करोड ४४ लाख कित्ता सेयर बिक्रीबाट ६ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बजारमा ७७ वटा सेयरको मूल्य बढ्यो भने १६१ वटाको घट्यो। ६ वटाको भने उही मूल्यमा कारोबार भएको नेप्सेले उल्लेख गरेको छ। आज गार्डियन माइक्रो लाइफ र ङादी पावरको सेयर १० प्रतिशतले बढे पनि बाँकी सेयर ८।८४ प्रतिशतसम्म मात्र बढे। आज बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लाग्यो।


