काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ७.२६ अंकले घटेको हो ।
आज ७८ हजार ८३५ पटकको सेयर किनबेचबाट ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । कुल १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच भयो ।
कुल ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६२ कम्पनीको सेयर मूल्य घट्यो । कुल ६ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये फाइनान्स र माइक्रोफाइनान्स उपसमूह मात्रै बढ्यो । अन्य उपसमूहहरु घट्यो ।


