काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले नै प्रतिनिधिसभा पुनर्स्थापित गर्ने दावी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवादमा उनले दावी गरेका हुन् ।
कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर(माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए। उनले व्यङ्ग्य गर्दै भने, ‘नागपञ्चमीतिर गोबर लगाएर नाग टाँसे जसरी कसले ल्याएर टाँसिदिएको सरकार हो, यहाँ नागको फोटो कसले टाँस्यो ? खोज्दै छु म।’
कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उनले बताए।


