काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो।
श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।


