काठमाडौँ । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालविरुद्ध बिगो ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १ सय ९२ रूपैयाँको आधा सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। दाहालमाथि बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहँदा एउटै प्रकृतिको लगानी एउटै कम्पनीमा केन्द्रित हुने गरी पटक–पटक स्वीकृति दिएको आरोप छ।


