काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम। एस। पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्ने नाउँमा पाँच लाख रुपैयाँ घुस रकम लिएको दाबी अख्तियारको छ ।


