काठमाडौं । आज अपरान्ह साढे ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने भएको छ । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।
बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् ।
सभापति लामिछानेले आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहेका छन् । पार्टी सरकारमा बस्ने वा वाहिरिने भन्ने विषयमा पनि गहन छलफल हुने बुझिएको छ ।


