काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उमेदवार रेनु दाहाल विजयी भएकी छिन् भने उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले जित हासिल गरेका छन् ।
अझै थोरै मतगणना बाँकी भए पनि रेनु दाहाल १२ हजार तीन सय बढी मतले अघि भएका कारण उनको जित निश्चित भएको हो । उनले ५१ हजार ६६६ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ३९३४३ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४२१ मत ल्याएका छन् । रेनु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी भएकीले पनि भरतपुर महानगर सुरुदेखि चर्चित रहेको थियो । उनले सुरुमै एमालेका सुवेदीभन्दा आफ्नो १० हजार बढी मत रहेको दावी गर्दै आएकी थिइन् ।