काठमाडौं । सरकारले बृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज आर्थिक वर्ष २०७९र८० को बजेट भाषण गर्दै उनले अब ६८ वर्षबाट नै वृद्धभत्ता पाउने ब्यवस्था गरेको जानकारी गराएका हुन् ।
यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । यसले लाभग्राहीको संख्या ह्वात्तै बढेर राष्ट्रिय ढुकुटीमा दबाब पर्ने अर्थशास्त्रीहरुले बताइरहेका छन् । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।
सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने अर्थमन्त्री शर्माले बताए ।भत्ता रकम भने बढाइएको छैन ।