गैरआवासीय नेपाली संघ ( एनआएनए) को निर्वाचन नजिकै आइसकेको छ । आगामी अक्टुबर २० मा निर्वाचनलाई नेपालका राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट कुल आचार्यलाई साझा उम्मेदवार बनाइएको छ भने एमालेबाट बद्री केसीले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट रबिना केसीले पनि अध्यमा उम्मेदवारी दिएकी छिन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले कुल आचार्यलाई जिताउन कार्यकर्तालाई सर्कुलर नै जारी गरेका छन् । यता एमाले निकट बद्री केसी पनि आफ्नो विजयी सुनिश्चित रहेको भन्दै मैदानमा उत्रिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएकी रबिनाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गर्ने दुवै पक्षको विश्वास छ ।
नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति नै गठन गरेर अघि बढेको छ । उसले एसिया, अमेरिका, युरोप, अफ्रिका, एसियाना र मध्यपूर्वका देशहरुमा समन्वय गर्नका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी सुम्पिएको छ ।
उसले अमेरिकाका लागि मिनेन्द्र रिजाल, युरोपका लागि प्रकाशशरण महत र गगन थापा, एसियाका लागि अर्जुन नरसिंह केसी र अर्जुनपूसाद जोशी, मध्यपूर्वका लागि विश्वप्रकाश शर्मा, ओसियानका लागि सुरेन्द्रनाथ पाण्डेलाई तोकिएको छ । यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि अ ाफ्नो प्रवास संगठनलाई कुल आचार्यको टिमलाई जिताउन पत्राचार गरिसकेका छन् ।
कुल आचार्य यसअघि पनि कांग्रेसको तर्फबाट उम्मेदवार थिए उनलाई एमाले निकट रहेका कुमार पन्तले पराजित गरेका थिए । निर्वाचन नजिकिदै गर्दा यसअघिका अध्यक्षहरु को कतातिर लाग्ने हुन् त्यसको एकीन नभए पनि दुवै पक्ष सशक्त भएकाले निर्वाचनलाई निकै रोचकका साथ हेरिएको छ । दुवैले आफू विजयी भएमा गैर आवासीय नेपालीका लागि महत्वपूर्ण काम गर्ने र नेपालमा लगानी ल्याउने प्रतिवद्धता क्यक्त गरेका छन् ।