काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार परिवर्तनको खेलमा एमाले नरहेको प्रस्ट पारेका छन्। केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन तोड्न आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए । उनले नेकपा एमाले सरकार परिवर्तनको भन्दा विकास र समृद्धिका लागि बलियो शक्ति निर्माणको तयारीमा जुटेको उल्लेख गरे।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री बन्न अफर आएको सार्वजनिकरुपमै बताउन थालेपछि एमालेका शीर्ष नेताहरूले त्यसको खण्डन गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले ठूलो पार्टी बनेर दम्भ देखाए एमाले अध्यक्ष ओलीलाई हटाएजस्तो सत्ताबाट हटाउने धम्की दिइरहेका छन्।


