काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठक आज बस्दै छ।
बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बस्ने र यसले पार्टीको अन्तरिक र बाह्य विषयमा पनि छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिए।
पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।
देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।
१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा १ सय ४७ जना सदस्य मात्र छन्।


