काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले पार्टीले काम गरेर देखाउन सक्ने भिजन भएका अनुभवी नेता केशव स्थापितलाई मेयर र संस्कृति र सभ्यता बुझेकी सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको दाबी गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै एमालेबाट उम्मेदवार भएकाहरुको जित सुनिश्चित रहेको बताए ।
उनले काठमाडौंलाई बुझेको, प्रशासन बुझेको अनुभवी व्यक्तित्व स्थापित र युवा जोस–जाँगर बोकेकी डंगोललाई मिलाएर उम्मेदवार बनाएको बताए ।
मेयरका प्रत्यासी स्थापितलाई महिलामाथि यौन दुब्र्यवहार गरेको आरोप लागाउँदै विभिन्न संसघ संस्थाले उनीमाथि कारबाही गर्न दबाव दिएका भए पनि अध्यक्ष ओलीले यसलाई खासै महत्व दिएका छैनन् ।