काठमाडौं । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई सरकारले पर्यटन मन्त्रालयमा तानेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा हाजिर हुने गरी आइतबारै पत्र पठाइएको स्रोतले जनाएको छ ।
पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कामकाम गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो । नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिकाविहिन भएका थिए ।
पौडेलले सामाजिक संजालमार्फत आफू कुनैपनि कार्यकारी भूमिकामा नरहेको बताएका छन् ।