काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवारले अग्रता हासिल गरेका छन् ।
आज बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता बनाएका छन । उनले १० हजार ८२५ मत पाएका छन् ।
यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् ।
हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ।