काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट आफ्नो दल अरुभन्दा बलियो रहेको प्रमाणित भएको दावी गरेका छन् ।
उनले शुक्रबार मोरङ जिल्लामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटमा थोरै तलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले भने, ‘सिटमा अतिकति तलमाथि भयो होला । तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ ।’
।
‘कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनाले धाक लगाएको सुनियो’, प्रचण्डको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘तिनको उचाइ कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिं कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’
‘एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? मान्छे कुट्दै हिंड्थे । पहिले मान्छे मार्दै हिँडेको होइन ? ’ ओलीले भने, देशको सबभन्दा ठूलो बनाउन पाए के खोज्थे ? ’