काठमाडौं । बलिउडका हस्ती तथा अभिनेता अनुपम खेरले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफूलाई धन्य महसुस भएको बताएका छन् ।
उनी बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका हुन् । उनी मंगलबार बिहान पशुपतिनाथ दर्शन गर्न मन्दिर गएका थिए ।
मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन्। ‘काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु। मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु। म धेरै खुसी छु,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। बलिउडका प्राय सबै हस्तीहरु नेपाल आउँदा पशुपतिनाथको दर्शन गर्नलाई छुटाउने गरेका छैनन् ।पशुपतिनाथलाई दर्शन गर्नलाई आफ्नो जीवनकै अहोभाग्य ठान्ने गरेका छन् ।