काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले एमसीसीको व्याख्यात्मक घोषणा गरेर नेपाली जनता आँखामा छारो हालेको आरोप लगाएका छन् ।
प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताए ।
‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’, उनले भने, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन । ’
कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उनले स्पष्ट पारेका थिए ।