काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजारबाट नेपाली रुपियाँ हराउनुलाई सामान्य रुपमा लिन नसकिने बताएका छन् ।
पोखरेलले ले सामाजिक सञ्जालमार्फत आफ्ना ७ बुँदे धारणा समेत सार्वजनिक गर्दै यस्तो बताएका हुन् । । बैंकिङ च्यानलबाट आउनुपर्ने रेमिटेन्स हुण्डी कारोबारी मार्फत विदेशमा नै रोकिने गरेको बताउँदै उनले सामान आयात गर्नेले एलसी खोलेको भन्दा बढी मूल्यका सामान किनेर ल्याउँदा उक्त रकम त्यसमा प्रयोग भएको हुनसक्ने आशंका गरेका छन् ।
विदेशी मुद्रा अपचलन गरेर विदेशमा लैजानेले पनि त्यति नै बराबरको नेपाली रकम हुण्डी कारोवारीलाई उपलव्ध गराएर विदेशी मुद्रा विदेशमै पाउने व्यवस्था मिलाएको हुनसक्ने पनि उनले बताएका छन् ।
बजेट भाषणमा श्रोत नखोज्ने सरकारको नीतिले पनि विदेशमा रहेको कालोधन वस्तु आयातमा प्रयोग भएको र नेपाली रुपैयाँ उनीहरुको नियन्त्रणमा पुगेको हुनुपर्ने उनको आशंका छ ।
यसबाहेक गलत उद्देश्यवाट अर्थमन्त्रालयले गरिरहेको नीतिगत सेटिङका कारणले पनि अर्थतन्त्रमा संकट आएको उनको भनाइ छ ।
आजको आर्थिक संकट उत्पन्न हुनुमा सरकारको गलत नीति तथा कार्यक्रमको पनि भूमिका रहेको पनि उनको आरोप छ