काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल विजयी हुने निश्चित भएको छ ।
गन्न बाँकी मतभन्दा बढी अग्रता भएसँगै दाहालको जित सुनिश्चित भएको हो। यससम्बन्धी आधिकारिक घोषणा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले पूरा मत गणना सकिएपछि गर्नेछ। भरतपुरका २९ वडामध्ये हालसम्म २६ वडाको मतगणना सकिएकोछ। अब २७, २८ र २९ को मात्रै मत गणना गर्न बाँकी छ।
विजय सुवेदी रेनुभन्दा ११ हजार बढि मतले पछाडि परिसकेका छन। हालसम्म १ लाख १६ हजार ३६६ मत गनिएको छ। अब बाँकी वडामा १० हजार मत गणना गर्न बाँकी हुँदा दाहालले ११ हजार बढीको अग्रता बनाइसकेकी छन्।