काठमाडौं नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशनस्थलको अवलोकन भ्रमण गरेका छन्।
बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन्।
पार्टीका महासचिव ईश्वर पोखरेलसँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका नेताहरु महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका हुन्।
उनीहरुले महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि स्थलगत अवलोकन गरेका छन्। चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशनस्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए।