काठमाडौं । महानगरका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने तय भएको छ । आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ । ।
बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ । यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो ।
तर पदाधिकारी र पूर्व पदाधिकारीबीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबण्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको हो । काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।