काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार बेलुका पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड केही दिनदेखि अस्वस्थ छन् ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको निजी सचिवालयले जनाएको छ ।
डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।
यसैगरी माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिन प्रचण्डको सचिवालयमा रहेका केहीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रले सबै बैठक स्थगित गरेको थियो भने अध्यक्ष प्रचण्ड पनि घरमै आइसोलेसनमा बसेका थिए ।