काठमाडौं । प्युठानमा नेकपा (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्कने नेताहरूको संख्या बढ्न थालेको छ ।
यसअघि नेकपा (एकीकृत समाजवादी) मा खुलेका संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएपछि अरू नेताहरू पनि एमालेमै आउने कुरा भएको नेताहरूको भनाइ छ ।
२०७० को निर्वाचनमा प्यूठान क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा चुनाव जितेका केसीले एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले उनलाई केन्द्रीय अनुशासन आयोग सदस्यमा नियुक्त गरेको थियो ।
तर, केसीले सो पद अश्वीकार गर्दै एमालेमै फर्किएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
त्यस्तै, एमाले विभाजनपछि एकीकृत समाजबादीतिर लागेका शोभाराम भण्डारी, पार्टीका प्यूठान जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू तिलबहादुर घर्ती र धर्मराज भण्डारीपनि नेकपा एमालेमै फर्किएका छन् । यसअघि संविधान सभा सदस्य धनबहादुर रायमाझी समेत एमालेमै फर्किनएका थिए ।