काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम अल्पकालीन आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (बुधबार) देखि आफ्नो नियमित काममा फर्किने भएका छन् ।
न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको होउनलाई सरकारले चैत २५ गते निलम्बन गरेपछि उनी सर्वोच्च गएका थिए ।
।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।