काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप गरेको छ।
यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। उनी असोज २० गते विमानस्थलबाट पक्राउ परेका थिए । उनलाई हाल गौशाला हिरासतमा राखिएको छ।


