काठमाडौं । नेकपा (एकीकृत समाजवादी) आगामी असार १० र ११ गते पोलिटब्युरो र केन्द्रीय बैठक बोलाइएको छ ।
उक्त बैठकमा स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे छलफल हुने बताइएको छ ।
आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने तथा पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा पनि छलफल गरिने भएको छ ।


