काठमाडौं । भारतले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज (शुक्रबार) बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणलाई सामग्री हस्तान्तरण गरेका हुन्।
राहत सामाग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरुलाई भारतीय जनता र भारत सरकारका तर्फबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।
नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणले बताए।
नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गरे।
कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे।


