काठमाडौं । आज प्रतिनिधिसभाका सभामुखको लागि उम्मेदवारी दर्ता गरिँदै छ।
संघीय संसद् सचिवालयका अनुसार उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।
सभामुख चयन गर्न निर्वाचन बिहीबार प्रतिनिधि सभाको बैठकमा हुनेछ। त्यसका लागि बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको छ। संसद् बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ।


