काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसमी फ्लूबाट जोगिन आग्रह गरेको छ।
लामो समय पानी नपर्दा बढेको प्रदूषणका कारण मौसमी फ्लू बढेको बताइएको मन्त्रालयले जनाएको छ।
यसबाट बच्न फ्लू लागेका व्यक्तिबाट टाढै बस्नु पर्ने तथा आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्ने लगायतका स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैलाई मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ। मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न पनि मन्त्रालयले सुझाएको छ। खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्नु र बेलाबेलामा साबुनपानीले हात धोन मन्त्रालयको आग्रह छ।


