काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सकेसम्म सर्वसम्मत गर्न सकिए सबैभन्दा राम्रो हुने बताएका छन्। उनले आइतबार दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोटमा भएको कार्यक्रममा यस्तो बताएका हुन् ।
माओवादीसहित आठ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको बताउँदै उनले नेकपा एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने बताए।
ुचुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौं। तर म भिन्न तरिकाले प्रधानमन्त्री भएँ,ु प्रधानमन्त्री दाहालले भने, ुहिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा आठ दल एक ठाउँमा भइयो। एमालेसँग पनि कुराकानी भइरहेको छ।ु


