काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा जनशक्ति माग गरेको छ ।
महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुका लागि करार सेवामा एकसय आठ जना जनशक्ति माग गरेको हो ।
महानगरले आठौँ तहको मेडिकल अधिकृत ९डाक्टर० पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरेको हो।