काठमाडौं । दीपक शाह रोयल इन्फिल्डको अन्तराष्ट्रिय इभेन्टको विजेता भएका छन् । र्याली अफ हिमालयाज नाम दिएको उक्त र्यालीमा दिपक शाहले चुनौतिपूर्ण यात्रा पार गर्दै विजयी भएका हुन ।
उक्त सफल राइडरका विजेता शाहले उक्त इभेन्टका बारेमा भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुश गरेको छु । रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चौनौतिपूर्ण भूभागको सामाना गर्नको लागि आत्मविश्वास महसुश गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहान्छु ।’
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।
एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै (याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे ।