काठमाडौं । जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई थुनामा पठाएको छ । उनी इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा थुनामा गएका हुन् ।
मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
आइतबारदेखि जारी बयान सकिएपछि मंगलबार भएको सुनुवाइका क्रममा फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई थुनामा पठाउने आदेश भएको हो ।


