काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एअरलाइन्स्बाट बेजिङ प्रस्थान गरेका छन् ।
यस भ्रमणमा परराष्ट्र मन्त्री माननीय आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक
सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योगका प्रतिनिधि सहभागी छन् ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योंगले प्रधानमन्त्रीलाई विमानस्थलमै स्वागत गरेका थिए ।


