काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८३ पैसा छ भने एक युरोपियन युरोको खरिददर १ सय ४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४९ पैसा कायम भएको छ।
यसैगरी आजका लागि एक आज पाउन्ड स्ट्रलिङको खरिददर १ सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ २३ पैसा छ ।
त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा छ।
आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २३ पैसा छ। त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ निर्धारण भएको छ।