काठमाडौं । पार्टीको आसन्न ११ औं महाधिवेशनका बारेमा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दैछन्।
प्रेस चौतारीले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँगको संवादमा सहभागी हुन सम्पादकलाई निम्तो पठाएको हो। ओलीसँगको संवाद कोटेश्वरस्थित होटल ए वा भेन्युमा बिहीबार दिउँसो १ बजे सुरु हुँदैछ। एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि हिजो सञ्चारकर्मीसँग छलफल गरेका थिए ।


