काठमाडौं । नेपाली कांग्रेसका हमामन्त्री सरकारले सोचेजस्तो राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले आज बसेको संसदीय दलको बैठकपछि यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘बैठकमा सांसदहरूलाई राष्ट्रिय विषयहरूमा बोल्ने, जनजीविकाका सरोकारहरूलाई कसरी प्रस्तुत हुने, संसदीय दल र पार्टीको समन्वय सजिलो बनाउनेबारेमा छलफल भयो।’
उनले पार्टीले सरकारका कमजोरीका विषय खबरदारी गर्न नछाडेको बताए।
उनले भने, ‘सरकारले गरेका कमीकमजोरीका विरुद्ध अथवा खबरदारी गर्ने सवालमा हामीले आफूलाई एकदमै सक्रिय ढङ्गबाट प्रस्तुत गरेका छौँ। संसदीय दलभित्र हाम्रो नेता बोलेको, हाम्रो सांसद साथीहरू बोलेको तपाईँहरूले सुन्नुभएको छ। अब सरकार कान सुन्दैन, कान थुनेर बस्छ भने त त्यसको मूल्याङ्कन त जनताले गर्नुहुन्छ। प्रतिपक्षमा बसेर सरकारले गरेका कमजोरी उठाउन बिर्सेको छैन, छोडेको छैन, खबरदारी निरन्तर रूपमा गरिरहेको छ।’


