काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको दावी गरेका छन् ।
तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले व्यापार, लगानी, पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत आपसी हितका विषयमा छलफल भएको बताए ।
हालै भारत भ्रमण गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको बताएका थिए।


