काठमाडौं । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन् ।
आज उनीहरुले माइतीघरमा आन्दोलन गरेका कारण बानेश्वर, बिजुलीबजार र थापाथलीमा ट्राफिक अस्तव्यस्त भएको हो ।
आन्दोलनकै कारण सडकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीहरुलाई हम्मेहम्मे परेको छ । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा आन्दोलन थालेका हुन् ।


