काठमाडौं। साहित्य सदन नेपालले एक आख्यान विमर्श सङ्गोष्ठी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम काठमाडौंको बौद्ध रामहिटीस्थित साहित्य सदन नेपालको भवनमा भएको हो । सङ्गोष्ठी नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख अतिथ्यतामा भएको थियो ।
आख्यान विमर्श सङ्गोष्ठीका संयोजक डा. कृष्ण सुवेदी भारद्वाज मित्रले स्वागत मन्तब्य राखेका थिए भने पारिजात केन्द्रका पूर्व अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले पारिजात बहुआयामिक व्यक्तित्वकी धनी रहेकी बताए । कार्यक्रममा प्रा. डा .दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूको कार्यपत्र प्रस्तुत गरेका थिए ।
आख्यान विमर्श सङ्गोष्ठीमा साहित्यकार तथा पूर्व मन्त्री शान्ता मानवी, प्रा. डा. जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. कोशराज न्यौपाने, प्रा. सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष मधुसुदन गिरी, अरूणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गाना, प्रा. डा. कृष्णप्रसाद न्यौपानेलगाएतका विशिष्ठ व्यक्तित्वहरूको उपस्थित थियो ।


