मंसिर २९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेनजीका मागलाई सरकारले सम्बोधन गर्ने बताएका छन् ।
उज्यालो नेपाल पार्टीको काभ्रे जिल्लाको भेलामा जेनजीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री घिसिङले सरकारसँग सम्झौता भएकोले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको बताए ।
वर्तमान सरकार जेनजी आन्दोलनपछिको परिस्थितिमा बनेको बताउँदै उनले जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई प्रहरीले दुःख दिने कार्य भए सरकारकै औचित्यमाथि समेत प्रश्न उठ्ने बताए ।


